Website is loading
01 01234567890 01234567890


Launching in:
0 DAYS - 0 HOURS - 0 MINUTES - 0 SECONDS
@
18 November, 2026   |   16:01:07  ( UTC+05:45 )


On November 18, 2026, at 4:01:07 PM. EST (which corresponds to 2:01:07 a.m. PST or 09:01:07 UTC), a monumental milestone in space exploration will occur: Launched in 1977, the historic spacecraft continues to transmit data from the deep cosmos, pushing the boundaries of human reach. NASA's Voyager 1 spacecraft will officially become the first human-made object to reach a distance of one light-day from Earth.

खगोल इतिहासमा आज : प्लुटोले ग्रहको मान्यता गुमाएको दिन



Author: Mani Dahal
01 September, 2026 | 12:25 PM
Item Image

खगोल इतिहासमा आज : प्लुटोले ग्रहको मान्यता गुमाएको दिन


ठीक २० वर्षअघि आजकै दिन अर्थात २४ अगस्ट २००६ मा यमग्रह अर्थात् प्लुटो (Pluto) लाई सौर्यमण्डलको नवौँ ग्रहको सूचीबाट हटाइएको थियो।

चेक गणतन्त्रको प्रागमा भएको इन्टरनेशनल एस्ट्रोनोमिकल युनियन(IAU) को बैठकले ‘ग्रह’को नयाँ परिभाषा पारित गरेपछि प्लुटोलाई Dwarf Planet मा वर्गीकरण गरिएको हो। त्यसपछि सौर्यमण्डलमा ग्रहको संख्या नौबाट आठ भयो।

सन् १९३० मा अमेरिकी खगोलविद् क्लाइड टम्बोले पत्ता लगाएको प्लुटोलाई ७६ वर्षसम्म ग्रह मानिएको थियो। तर नेप्च्युनभन्दा टाढाको कुइपर बेल्ट (Kuiper Belt) मा प्लुटोजस्तै अरू पिण्ड भेटिन थालेपछि वैज्ञानिकहरूलाई ग्रहको स्पष्ट परिभाषा आवश्यक भयो।

IAU का अनुसार कुनै खगोलीय मास ग्रह हुन तीनवटा मुख्य सर्त पूरा गर्नुपर्छः

१. सूर्यको परिक्रमा गर्नुपर्छ।
२. आफ्नै गुरुत्वाकर्षणका कारण लगभग गोलो हुनुपर्छ।
३. आफ्नो कक्ष वरपर रहेका अन्य मासमाथि प्रभाव जमाउँदै त्यसको कक्षा सफा भएको हुनुपर्ने भयो ।

प्लुटोले पहिलो दुई मापदण्ड पूरा गर्छ। तर यसको कक्ष वरपर कुइपर बेल्टका धेरै साना पिण्ड छन्। तेस्रो सर्त पूरा नगरेकाले यसलाई ग्रह नभई ड्रफ्ट प्लानेट भनियो।

यसको अर्थ प्लुटो सानो भयो वा आफ्नो स्थानबाट हट्यो भन्ने होइन। परिवर्तन भएको केवल वैज्ञानिक वर्गीकरण हो।

अहिले प्लुटोसहित सेरेस, हाउमिया, माकेमाके र एरिस गरी पाँचवटा पिण्डलाई आधिकारिक रूपमा ड्रफ्ट प्लानेट मानिएको छ।

सन् २०१५ मा नासाको न्यु होराइजन्स यान प्लुटोनजिक पुग्दा त्यहाँ बरफका पहाड, विशाल हिममैदान, पातलो वायुमण्डल र मुटुको आकारजस्तो उज्यालो क्षेत्र देखिएको थियो।

प्लुटोले ग्रहको मान्यता गुमायो, तर वैज्ञानिक महत्त्व भने गुमाएन। IAU को निर्णयप्रति केही वैज्ञानिकको असहमति अझै कायम छ।

फोटो: नासाको न्यु होराइजन्स अन्तरिक्षयानले सन् २०१५ मा खिचेको प्लुटोको वास्तविक रङनजिकको तस्बिर। मुटुजस्तो देखिने उज्यालो क्षेत्रलाई स्पुतनिक प्लानिटिया भनिन्छ।
NASA/Johns Hopkins University Applied Physics Laboratory/Southwest Research Institute/Alex Parker

#OnThisDay #AstronomyHistory #Pluto #DwarfPlanet #SolarSystem #NewHorizons #DarkSkyNepal

Featured

Created
28 May, 2026

Last Update
01 September, 2026

Views
18

Share


Keywords
-



Comments (0)

No comments yet. Be the first to join the discussion.

Add a comment

Write your comment below. You’ll be asked to log in. Your saved comment will be posted automatically if your email is verified.

Maximum 3,000 characters. Your email address is not displayed.