मंगल ग्रहमा कछुवा फेला पर्यो?
झट्ट हेर्दा यो चट्टान ठूलो कछुवाजस्तो देखिन्छ। तर यो कछुवा वा त्यसको जीवाश्म भने होइन। यो मंगल ग्रह स्थित चट्टान हो।
करिब
१५ मिटर फराकिलो यस संरचनालाई मिराफ्लोरेस (Miraflores) नाम दिइएको छ।
नासाको क्युरियोसिटी रोभरले ११ जुन २०२६ मा मंगलग्रहमा आफ्नो ४,९२२औँ
दिनको यात्राका क्रममा यसको तस्बिर खिचेको थियो।
यसको
वरिपरिका नरम चट्टान हावाले बिस्तारै खियाउँदै लग्यो। तुलनात्मक रूपमा कडा
भएकाले यो भाग भने बाँकी रह्यो। अहिले यसको माथिल्लो भाग सुन्तला रङको
मंगल ग्रहको बालुवाले ढाकिएको छ।
‘कछुवाको
खोल’ जस्तो देखिने माथिल्लो भागमुनि चट्टानका धेरै तह छन्। ती तह पहिले
हावाले ल्याएको बालुवा पटक–पटक थुप्रिँदा र पछि जमिनमुनिको पानीका कारण कडा
बन्दा बनेको हुन सक्ने वैज्ञानिकहरूको अनुमान छ।
पृथ्वीका
मरुभूमिमा पनि हावाको कटानले यस्तै आकारका चट्टान बनाउँछ। क्युरियोसिटी र
पर्सिभियरेन्स रोभरले मंगल ग्रहको पुरानो वातावरण तथा त्यहाँ कुनै समय जीवन
सम्भव थियो कि थिएन भन्ने विषयमा अध्ययन गरिरहेका छन्।
तस्बिर: NASA/JPL-Caltech/MSSS
#Mars #CuriosityRover #Miraflores #SpaceScience #DarkSkyNepal
Comments (1)
Add a comment
Write your comment below. You’ll be asked to log in. Your saved comment will be posted automatically if your email is verified.

test
test reply