आकाशमा इन्द्रेणीजस्ता दुई उज्याला धर्का

इन्द्रेणीजस्तो घुमाउरो आकारमा देखिएका यी दुई उज्याला धर्का फरक कारणले बनेका हुन्।
बायाँपट्टिको धर्का मिल्की वे (Milky Way) को ताराहरूले भरिएको भाग हो । हाम्रो सूर्य पनि यही ग्यालेक्सीको एउटा तारा हो।
दायाँपट्टिको उज्यालो धर्का भने अरोरा (Aurora) हो। धर्तीको माथिल्लो वायुमण्डलमा ऊर्जावान पार्टिकल्स ग्याससँग ठोक्किँदा यस्तो रङ्गीन उज्यालो निस्कन्छ।
एउटा दृश्य टाढाका असङ्ख्य ताराको उज्यालोबाट बनेको छ। अर्को हाम्रो धर्तीकै वायुमण्डलमा बनेको हो।
तस्बिरको माथिल्लो भागमा, बीचभन्दा अलि बायाँ देखिएको उज्यालो थोप्लो भने एन्ड्रोमेडा ग्यालेक्सी (Andromeda Galaxy) हो।
यो तस्बिर करिब एक महिनाअघि उत्तरी नर्वेको क्वालोया (Kvaløya) बाट खिचिएको हो।
???? तस्बिर : Guillaume Scheib
स्रोत: नासा–APOD
Views 20
Keywords —
More News

चीनको स्पेस स्टेसन विदेशीलाई खुला, बुधबार पाकिस्तानी अन्तरिक्षयात्री जाने
काठमाडौं, ८ मंसिर। चीनले पहिलोपटक आफ्नो अन्तरिक्ष स्टेसनमा विदेशी अन्तरिक्षयात्री पठाउने भएको छ। बुधबार प्रक्षेपण हुने सेनझोउ…

मंगलबार नेपालको आकाशमा सुपरमुन
काठमाडौं, ७ मंसिर। मंगलबार, ८ मंसिरमा नेपालको आकाशमा सुपरमुन (Supermoon) देखिने छ। चन्द्रमा पृथ्वीको तुलनात्मक रूपमा नजिक रहे…

मंगलमा नासाका दुई यानमा समस्या, वैज्ञानिक अध्ययन रोकियो
मंगल ग्रहमा वैज्ञानिक अध्ययन गर्दै आएका दुई वटा स्पेशक्राफ्टमा समस्या देखिएको छ। पर्सिभरेन्स रोभरका दुईवटै रेडियोमा समस्या दे…

नेपालमा एल निनोको प्रभाव: वर्षा र हिमपात बढ्ने
एल निनोको प्रभावले विश्वका कतिपय क्षेत्रमा खडेरीको जोखिम बढाइरहेका बेला नेपालमा भने यस वर्षको हिउँदमा सामान्यभन्दा बढी वर्षा …


Comments (0)
No comments yet. Be the first to join the discussion.
Add a comment
Write your comment below. You’ll be asked to log in. Your saved comment will be posted automatically if your email is verified.